कोशी प्रदेश: आन्दोलनले पिल्सिएको प्रहरीलाई चाडपर्व सुरक्षाको चुनौती
विराटनगर : जेनजी आन्दोलनको आगोले पिल्सिएको कोशी प्रदेश प्रहरी अहिले दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजनामा उन्मुख भएको छ।आन्दोलनपश्चात् भौतिक क्षति, मनोबलमा परेको आघात र साधन स्रोतको अभावकै बीच प्रहरीले प्रदेशभरि शान्ति सुरक्षा कायम गर्नुपर्ने चुनौती बोकेको छ। त्यहाँमाथि चाडपर्व सुरक्षाको चुनौती पनि थपिएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनले कोशी प्रदेश प्रहरीलाई अकल्पनीय धक्का पुर्याएको थियो।
