सेयर बजारमा उत्साहजनक उछाल, नेप्से झन्डै ८० अंकले वृद्धि
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन तथा साता अन्तिम बिहीबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अंकले बढ्दै २,८७४.६० विन्दुमा पुगेको छ, जुन पछिल्ला सत्रहरूमा देखिएको सबैभन्दा ठुलो एकदिने वृद्धि मध्ये एक हो। आज २३९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ९ कम्पनीको मूल्यमा मात्र गिरावट आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
