SHARE
अन्नपूर्ण · आइबार​ १२ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जेनजी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेताहरूले काठमाडौंको माइतीघरमा सांकेतिक मौन प्रदर्शन गरेका छन्। जेनजी विद्रोहलाई उपलब्धिविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन्। आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।