सीमा क्षेत्रका भारतीय बजारमा चहलपहल बढ्दा नवलपरासीमा सुनसान
परासी : हिन्दुहरुको महान चाड बडादसैं सुरु भएसँगै अहिले सर्वसाधारणको चहलपहल बढेको छ। दसैंमा मान्यजनहरुको हातबाट टीका लगाउनका लागि देश विदेशमा रहेका नेपालीहरु आ–आफ्नो घर फर्किन सुरु गरेका छन्। त्यसैले पनि अहिले गाउँदेखि बजार क्षेत्रमा चहलपहल बढेको हो। अहिले विशेष गरी दसैं किनमेल गर्ने सर्वसाधरणको भीडभाड बजार क्षेत्रमा बढेको छ। तर नवलपरासीका बजार क्षेत्रका पसल व्यवसायहरु भने सुनसान जस्तै छन्। किनमेलका लागि नेपाली बजारभन्दा सीमामा रहेका भारतीय बजारमा नेपाली सर्वसाधारणको भीडभाड बढेको छ।
