SHARE
अन्नपूर्ण · आइबार​ १२ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

गौशालामा स्वास्थ्य शिविर

महोत्तरी : महोत्तरीको गौशालामा पहिलो पटक प्रहरी लक्षित स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिवार नगर अस्पताल गौशालाको आयोजनामा इलाका प्रहरी कार्यालयमा सो शिविरको आयोजना गरिएको हो।शिविरमा प्रहरीको सुगर, तौल, बडी फिटनेश आदिको सम्बन्धमा स्वास्थ्यकर्मीहरुले परीक्षण गरेका थिए। उक्त शिविरमा ५१ जना प्रहरीलाई नसर्ने रोगको सम्बन्धमा परीक्षण गरिएको नगर अस्पताल गौशालाका इन्चार्ज डा. अमरेशकुमार महतोले बताए।