युनिटी कप : पावरप्लेमा नेपालले बनायो ३४ रन
काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको पहिलो खेलमा नेपालले पहिलो पावरप्लेमा ३४ रन बनाएको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको हो। नेपालले पावरप्लेमा ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखको विकेट गुमाएको हो। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्। हालः क्रिजमा कप्तान रोहित पौडेल १५ रन र कुशल मल्ल ७ रन बनाएर खेलिरहेका छन्।
