SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

साफ यू-२० महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध पहिलो हाफमै नेपालको चार गोलको अग्रता

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशको ढाका स्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा जारी खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै ४–० को सशक्त अग्रता बनाएको छ। नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले एक–एक गोल गरेकी छन्, भने चौथो गोल आत्मघाती रूपमा श्रीलंकाका डिफेन्डरमार्फत भएको हो।