कस्तो होला यस पटकको दशैंमा मौसम ?
काठमाडौं : यस पटकको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दशैं विशेष मौसम बुलेटिन जारी गरेर दशैं अवधिमा मनसुनी वायुको प्रभाव रहिरहने जनाएको हो।महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए तापनि प्रत्येक वर्ष सो मिति भने फरक फरक हुने गर्दछ।
