SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

नेपाल स्ट्रीट प्रिमियर लिगका लागि टिम दर्ता सुरु

 काठमाडौं । नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (NSPL) का लागि टिम दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिगको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।