उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा भएको दमन र विध्वंसात्मक घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ । बबरमहल स्थित जल तथा मौसम विज्ञान विभागमा कार्यालय स्थापना गरेर आयोगले काम सुरु गरेको हो । असोज ९ बाट काम थालिएको आयोगका सदस्य पूर्व एआईजी विज्ञानराज शर्माले बताए । आयोगले पहिलो चरणमा भदौ २३ मा माइतीघर र नयाँ बानेश्वरमा खटिएका प्रहरी अधिकृतहरूसँग बयान लिने भएको छ । प्रदर्शनमा हुलदङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीको सूची मगाएर सोधपुछ गर्ने तयारी भइरहेको बताइएको छ ।
