SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०२:२६ AM · 1 मिनेट पढाइ

खोटोको लोभले वन नासिने चिन्ता

सल्यान, ०२ साउन । सल्लाको खोटाले वन समूहलाई आम्दानी गराए पनि त्यसले वन नासिने चिन्ता थपेको छ । खोटो सङ्कलनमा सावधानी नअपनाउँदा खोटो निकालिएका सल्ला नासिने खतरा बढेको हो । जिल्लाको ६ सय ३० वटा सामुदायिक र २ सय ३ कवुलियती वन रहेको सल्यानमा अधिकांश वन समूहले सल्लाको खोटो बिक्री गर्दै आएका छन् ।