सम्पत्ति छानबिन गर्न माओवादीले बनायो आयोग, अध्यक्षसहित पदाधिकारीबाट सुरू गर्ने
काठमाडौं : माओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। प्रज्ञा भवन भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो।माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ। 'दुई चलेको बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले पदाधिकारीबाट छानबिन सुरू गर्नेछ,' प्रवक्ता सापकोटाले भने।त्यस्तै माओवादीको केन्द्रीय कमिटी विघटन भएको छ।
