SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

वडाध्यक्षका श्रीमानको नेतृत्वमा नगरपालिकामा तोडफोडसहित आगजनी

जनकपुरधाम : सिरहाका एक वडाध्यक्षको श्रीमानले नगरपालिकामा आगजनी गरेको भिडियो सार्वजनिक भएको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिकाकी वडाध्यक्ष पवित्री देवी यादवको श्रीमानले नगरपालिकामा एक हुल मानिस लगेर तोडफोड तथा आगजनी गरेको भिडियो सार्वजनिक भएको हो। सिरहाको मिर्चैया नगरपालिका-३ का वडाध्यक्ष पवित्रा देवी यादवको श्रीमान ४५ वर्षीय खगेश्वर गोहिवार यादवले एक हुल मानिसको नेतृत्व गर्दै गएर नगरपालिकामा तोडफोड तथा आगजनी गरेको भिडियो सार्वजनिक भएको हो।