कुलोले बगाएर मृत्यु
दाङ : घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको सोही ठाउँस्थित बाहुन डाँडा कुलोले बगाएर बिहीबार बेलुकी मृत्यु भएको छ। कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँस्थित वनगाउँ चोक नजिकै कुलोमा उनको शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
