जेनजी आन्दोलनमा भएको घटना शंकास्पद् : विद्यादेवी भण्डारी
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन्।शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनका भएका घटनापश्चात मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउँदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताइन्।अहिलेको परिस्थितिमा पार्टीहरूको बीचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताइन्।
