SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

२०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग

काठमाडौँ, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्तिको छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। राप्रपाले लामो समयदेखि उठाउँदै आएको यस मुद्दालाई शुक्रबार औपचारिक रूपमा अगाडि बढाउँदै हरिहरभवनस्थित विभागमा ज्ञापनपत्र दर्ता गराएको हो।