SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार

 काठमाडौं, २ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्। शुक्रबार पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाउने क्रममा प्रचण्डले परिवर्तन नेताहरूलाई सुझाव दिँदै मात्र सम्भव नहुने बताए।