SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी

बुटवल, २ साउन । डिंगरनगर दूरगामी बहुउद्देश्यीय क्रृण सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्रोतका अनुसार संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यद्यपि प्रहरीले भने पक्राउ पुर्जीका विषयमा जानकारी दिएको छैन ।