SHARE
कालिका खबर · मङगलबार ७ असो २०८२ ०४:२५ PM · 1 मिनेट पढाइ

गोल्छा ग्रुपद्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण

काठमाडौं । स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन र सुरक्षित आवागमनमा पर्न गएको चुनौतीलाई ध्यानमा राख्दै गोल्छा ग्रुपले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान (पल्सर १५० सि.सि.) मोटरसाइकल हस्तान्तरण गरेको छ । आज कार्यालय परिसरमा आयोजित कार्यक्रममा मोटरसाइकलहरू उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, सो संस्थाका पदाधिकारीहरू, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।