स्थानीय प्रहरी प्रशासनले झुठा मुद्धा लगाउने प्रपंचको आजपाद्धारा भत्र्सना र निन्दा
रौतहट । आम जनता पार्टी (आजपा) रौतहट जिल्ला कमिटीका अध्यक्ष नरेश तुराहाले पार्टी अध्यक्ष प्रभु साह र मौलापुरका मेयर रिनाकुमारी साहको मौलापुर नगरपालिका–५ स्थित घरमा भएको आक्रमण, लुटपाट, तोडफोड र आगजनी लगायतको विध्वंसात्मक गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आजपा अध्यक्ष तुराहाले आज एक विज्ञप्ती जारी गर्दै सो घटनामा संलग्नलाई प्रहरीले कारवाही गर्नुको साटो पीडित परिवारलाई नै स्थानीय प्रहरी प्रशासनले झुठा मुद्धा लगाउने प्रपंचको भत्र्सना र निन्दा गरेका छन् ।
