तीन महिना बितिसक्दा पनि खच्चड व्यवसायीले पाएनन् राहत
मुगु : छायाँनाथ रारा नगरपालिका–१० का जग्गी बढुवाल, प्रेम बढुवाल र सोही नगरपालिका–१ का कर्णबहादुर मल्ल करिब एक दशकदेखि खच्चड व्यवसाय गर्दै आएका थिए। सामान बोक्ने खच्चड नै उनीहरूको जीवन, रोजगारी र परिवार पाल्ने मुख्य आधार थियो। तर, गएको असार ८ गते नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण पलभरमै उनीहरूको सपना भत्कियो।छायाँनाथ रारा नगरपालिका-८, लुम्सको भ्याकुनेमा रहेको ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा एकैपटक १० वटा खच्चड मरे।
