SHARE
अन्नपूर्ण · बिहीबार ९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

माओवादीले केन्द्रीय कमिटी विघटन गरेर प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ।पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।