फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छः महानिर्देशक सिंह
काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतबाट भएका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सिंहले सर्वोच्च अदालतले फैसला गरिसकेपछि पनि विभिन्न सरकारी निकायले राय माग्ने र समिति गठन गर्ने प्रवृत्तिले फैसला कार्यान्वयनमा ढिलाइ हुने गरेको बताए ।
