SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ । निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् ।