भू-तथा जलाधार व्यवस्थापन कार्यालयका एक सय ९४ योजना सम्पन्न
दमौली । गण्डकी प्रदेशका छ वटा जिल्ला कार्य क्षेत्र रहेको भू-तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा १९४ योजना सम्पन्न गरेको छ । त्यस अवधिमा ११ वटा योजना भने कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दिवाकर पौडेलका अनुसार कार्यालयको कार्यक्षेत्र मनाङ, लमजुङ, गोरखा, तनहुँ, नवलपुर र कास्की रहेको छ ।
