आजदेखि यस्ता स्मार्टफोनहरूमा मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले काम नगर्ने, तपाईँको डिभाइस पनि पर्यो कि?
मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले एन्ड्रोइडको लागि आफ्नो न्यूनतम आवश्यकताहरू बढाएको छ। कम्पनीले ह्वाट्सएप मद्दत केन्द्रमार्फत दिएको जानकारीअनुसार सेप्टेम्बर ८ अर्थात आज मंगलबारदेखि, एन्ड्रोइड ५.० मा एपको सञ्चालन समर्थित हुनेछैन।
