कुमारी बैंक पीसीएएफमा आबद्ध, कर्जा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने
काठमाडौँ। कुमारी बैंक लिमिटेड वित्तीय क्षेत्रको कार्बन उत्सर्जनसम्बन्धी विश्वव्यापी पहल पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF) मा आबद्ध भएको छ। PCAF को सदस्य बनेसँगै बैंकले आफ्ना कर्जा तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्ने जनाएको छ। त्यसका लागि PCAF ले विकास गरेका विश्वव्यापी रूपमा मान्य मापदण्ड तथा विधि प्रयोग गरिने बैंकले जनाएको छ।
