व्यवस्था परिवर्तनका लागि छठपछि आन्दोलनमा जाने आजपाको निर्णय
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदेशको नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदवाव सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय आज (सोमबार) सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले प्रदेशको नेतृत्व हेरफेर सहित व्यवस्था परिवर्तका लागि जनदवाद सहित निर्वाचनमा सहभागि हुने जनाएका छन् । बैठकले प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ ।
