“जनताको पीडा बोकेर अघि बढ्ने वडाध्यक्ष रामकिशोर सिंह पराग”
बीरगञ्ज,६ असोज,पर्सा। बीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह पराग पछिल्लो समय जनताको भरोसा र आशा बनेका छन्। जनताको पीडामा सधैं अगाडि सर्ने, समस्या बुझ्ने र त्यसलाई सम्बोधन गर्न अहोरात्र खटिने उनको शैलीले उनलाई फरक नेता बनाएको छ। सिंहको नेतृत्वमा वडास्तरका सामाजिक तथा विकासका कामलाई प्राथमिकतामा राखिएको छ। विशेषगरी सडक, शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका सवालमा उनले निरन्तर सक्रियता देखाउँदै आएका छन्। विगत आठ वर्षदेखि अधूरो अवस्थामा अलपत्र परेको सडकलाई लिएर सिंहले बारम्बार आवाज उठाएका छन्।
