SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित

बाजुरा । शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ । लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।