SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । गोरखा २ का प्रतिनिसभा सदस्यसमेत रहेका उनले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिए ।