SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व

हेटौँडा । सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) मनाउँदैछन् । विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।