SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

महिलाको सक्रियतामा तरकारीखेती

बागलुङ । बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन् । बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् ।