SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।