उद्योगमन्त्री सिन्हाले गरे पदभार ग्रहण, शहीद परिवार तथा घाइतेलाई रोजगारी दिने निर्णय
काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा शपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई उचित रोजगारी दिने निर्णयमा हस्ताक्षर गरेका छन्।
