फुलसर्कलको आयोजनामा जोइन्ट पप–अप कार्निभल सम्पन्न
काठमाडौं : फुलसर्कलद्वारा आयोजित जोइन्ट पप–अप कार्निभल सम्पन्न भएको छ। एकदिने कार्निभलमा १५ सय जनाभन्दा बढी सहभागी भएका थिए। कार्निभलमा हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादनसहितका २५ भन्दा बढी स्टलदेखि लिएर गेमिङ जोन र ब्रान्ड एक्टिभेसनसम्म थियो। आगन्तुकले यसलाई किनमेलभन्दा धेरै सांस्कृतिक उत्सवमा सहभागी भएको अनुभव गरे।प्रतिस्पर्धात्मक खेल, अद्वितीय उत्पादनको खोजी र ब्रान्डहरूसँगको सिर्जनात्मक अन्तरक्रियाले आगन्तुकलाई अझै रमाइलो बनाएको सहभागीको प्रतिक्रिया थियो।
