SHARE
कालिका खबर · शनिबार ४ असो २०८२ ०८:२४ AM · 1 मिनेट पढाइ

यातायात र सडक व्यवस्थापनको काम द्रूत गतिमा अघि बढाउँछौँ : कुलमान घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रूत गतिमा अगाडि बढाउने बताएका छन् । मन्त्री घिसिङले आफैंले बोलाएको आकस्मिक बैठकमा उनले अहिले वर्षातको समय भएको हुनाले यातायात र सडक व्यवस्थापनको विषयमा टोलीहरु बनाएर कामहरु गर्ने भन्दै द्रूत पुनःस्थापनाको काममा पनि लाग्ने बताए । उनले भने, ‘यातायात व्यवस्थापनको विषय, सडकको अवस्था र वर्षातको समय भएको हुनाले यसलाई कसरी व्यवस्थापन गर्ने र कसरी द्रूत गतिमा काम गर्ने भन्ने विषयमा छलफल हुँदैछ र यसका लागि टोलीहरु पनि बनाएर कामहरु गर्छौँ ।