जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने– रगतमाथि खेलबाड नहोस्
काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफैंले कसैलाई सत्तामा पुर्याउन भन्दापनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताए । शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्याउनको लागि आन्दोलन नगरेको बताए । उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनु पर्ने माग समेत गरे । अहिले सरकारले दिएको सहयोग प्राप्त नहुने समेत बताए । त्यसैगरी, घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरण बसेको बताए ।
