बिग्रिएको व्यवस्था भत्काउदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए । आजपाको आज (शनिबार) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए । आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दलतन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ भन्ने निष्कर्ष निकाल्दै दुई बर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो ।
