SHARE
कालिका खबर · शनिबार ४ असो २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं : कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु भएको छ। कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प. २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४, भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो । दुर्घटनामा भाट गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। उहाँलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।