जनसंघर्षलाई निर्वाचनसँग जोड्न पार्टी-पँक्तिलाई प्रभु साहको निर्देशन
काठमाडौं । आम जनता पार्टी (आजपा)ले देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधिनता बचाउन संघर्ष गर्नुपर्ने आवश्यकत्ता औंल्याएको छ । आज (शनिबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा आजपा अध्यक्ष प्रभु साहले पेस गरेको राजनीतिक प्रतिबेदनमा यस्तो उल्लेख गरिएको छ । आजपाले अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेकोले नयाँ निकास खोजिनुपर्ने माग गरेको छ । अध्यक्ष साहले देशको पछिल्लो अवस्थाबारे प्रकाश पार्दै पार्टी पँक्तिलाई संयमित र चनाखो भएर संघर्षसहित चुनावी अभियानमा मैदानमा होमिन अपिल गरेका छन् । साहले जनसंघर्षलाई निर्वाचनसँग जोड्नपनि आम पार्टी पँक्तिलाई आह्वान गरेका छन् ।
