चाडपर्व लक्षित बजाज एक्सचेन्ज योजना : उच्च मूल्याङ्कन, आकर्षक छुट र अन–द–स्पट फाइनान्स सुविधा
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बजाजले नयाँ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकले २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । साथै, अतिरिक्त रु. १०,००० सम्मको मूल्याङ्कन, आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । सहभागीले दैनिक लक्की ड्रमार्फत रु. ५०,००० सम्म जित्ने अवसर पाउनेछन् । त्यस्तै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन सकिनेछ ।
