रानिपोखरि प्रहरी कार्यलयलाई लुम्बिनी तन्दुरी व्यावसायिक संघको सहयोग
काठमाडौं । जेन जि आन्दोलनको क्रममा आगजनीमा परेको उपत्यका प्रहरी कार्यलय रानिपोखरी लाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौको सहयोग गरेको छ । २०८२ भदौ २३र २४ गतेको आन्दोलनका क्रममाउपत्यका प्रहरी कार्यलय रानिपोखरी देशकै प्रसाशकिय भबन उपत्यका प्रहरी कार्यलयमा जहाँ २६४ जना कर्मचारीको खाना खाने मेस र क्यान्टिन पुर्ण रुपमा लुटपाट र आगजनीमा परेको भएकोले सो मेस सन्चालन गर्नको लागी चाहिने सम्पुर्ण सामाग्री लुम्बिनी तन्दुरी ब्यबसायि संघ काठमाडौले उपलब्ध गराएको छ ।
