नगरसभा विशेष अधिवेशन : पुनर्निर्माणलाई प्राथमिकता, शहीद असहाब आलमका परिवारलाई ५ लाख सहयोग
बीरगंज, असोज ४। जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड र आगजनीबाट ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने निर्णय गरेको छ। शनिबार नगरसभा गृहमा सम्पन्न १८औं विशेष अधिवेशन (विशेष नगरसभा) ले चालू आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो। प्रस्ताव मेयर राजेशमान सिंहद्वारा पेश भएको थियो भने नगरसभाले प्रमुख प्रशासकीय अधिकृत (प्रशाअ) अरबिन्दलाल कर्णमार्फत निर्णयको जानकारी दिएको हो।
