SHARE
अन्नपूर्ण · आइबार​ ५ असो २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

हमासले सार्वजनिक गर्यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’

काठमाडौं : हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेका बेला हमासले ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको हो।सार्वजनिक गरिएका तस्बिरमा  नेपालका विपिन जोशी पनि रहेका छन्। विपिनको परिवारले अन्नपूर्ण पोस्टसँग भन्यो,ʻयसबारे आधिकारिक जानकारी आएको छैन। हामीले इजरायलमा सम्पर्क गरिरहेका छौँ।