करेन्ट लागेर शिक्षकको मृत्यु
सिरहा : लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ।आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो।
