आन्दोलनका क्रममा भागेका आठ हजार बढी कैदीबन्दी अझै फरार
काठमाडौं : ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए। उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन्। पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ।
