समृद्ध र सुन्दर नेपाल सृर्जना गरौं : डा. उपेन्द्र महतो
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीले हातेमालो गरेर सुरक्षित, सृमद्ध र सुन्दर नेपाल सिर्जना गर्न आह्वान गरेका छन् । देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी गत भदौ २३ गते सडकमा उत्रिएका जेन–जी पुस्ताका हजारौं युवाको शान्तिपूर्ण आन्दोलनमा सरकारको बर्बर दमन देखेर आफू विचलित भएको पनि महतोले स्मरण गराएका छन् ।
