SHARE
कालिका खबर · शुक्रबार​ ३ असो २०८२ ११:४० AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन पुनर्निर्माणमा आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। दरबारमार्गस्थित प्रहरी कार्यालयमा प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ भएपछि तत्काल मर्मत सम्भार र अन्य आवश्यक सिभिल कार्यको लागि बैंकले सहयोग गरेको हो। यस कदमले पुनर्निर्माण कार्य छिटो सम्पन्न हुने र कार्यालयलाई पुनः सशक्त रुपमा सञ्चालनमा ल्याउन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकले आफ्ना सम्पूर्ण सेवा पूर्ण रुपमा सञ्चालनमा रहेका साथै डिजिटल बैंकिङ सेवा सुरक्षित र सहज रुपमा उपलब्ध भइरहेको जानकारी गराएको छ।