SHARE
पर्दाफास · आइबार​ १४ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

वचन न्युजद्धारा रसुवाका बाढीपीडितलाई राहात सामाग्री हस्तान्तरण

बाढीपहिरो प्रभावितको सहयोगका लागि वचन न्युजको टोली राहत सामग्रीसहित रसुवा पुगेको छ। जोखिमपूर्ण सडकका कारण टोलीले रातभर बाटोमै बस्नुपरे पनि आइतबार बिहान रसुवा पुगेर बाढीपीडित परिवारलाई कपडा, खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो। राहत वितरणका लागि वचन न्युजका पत्रकार सीमा ठकुरी, ओमकृष्ण श्रेष्ठ र सहयोगी राजन श्रेष्ठ रसुवा पुगेका थिए।